काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा भएका छन् । प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटका क्रममा भारत भ्रमणको निम्तो दिएका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।प्रधानमन्त्री ओलीको यहि भाद्र ३१ गते भारतको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ। गत असार ३१ गते प्रधानमन्त्री बनेका ओलीलाई १३ महिनापछि भारतले औपचारिक निमन्त्रणा दिएको हो ।

दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौंबाट सिधै सेनाको हेलिकोप्टरमा जाने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर