सुनसरी : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब बत्तीको उज्यालोले मात्रै नहुने भन्दै ‘समृद्धिको उज्यालो’ आवश्यक रहेको बताएका छन्। बुधबार इटहरीमा आयोजित नागरिक अभिन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अबको आवश्यकता समृद्धिको उज्यालो भएको बताए । त्यसकै लागि आफूहरूले ‘उज्यालो नेपाल’ अभियान सञ्चालन गरेको पनि घिसिङले प्रष्ट पारे ।

घिसिङले अभियानमा सबै जोडिएर अगाडि बढ्नका लागि पनि उनले आह्वान गरेका छन्। ‘हामीले उज्यालो नेपाल भनेर एउटा अभियान बहराइनबाट सुरु गरेका छौँ। अब बत्तीको मात्रै उज्यालो होइन, समृद्धिको उज्यालो हो। अब नेपाल विकास हुँदैन भन्ने होइन, सम्भावनहरू छन्, रोजगारी चाहिँ क्रियट गर्न सक्नुपर्छ। देशिभत्रै धेरै सम्भावनाहरू छन्। समृद्धिका विषयहरू अगाडि बढाउन सकिन्छ भनेर अभियान घोषणा गरेका छौँ। समृद्ध नेपाल बनाउने नै हाम्रो अभियान हो। यसमा हामी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’घिसिङले आह्वान गरे।





