काठमाडौं : वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक बर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन्। बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र पार्टीको सहयोगमा आफुले सहज रुपमा काम गर्न पाएको भन्दै एक बर्षे कार्यकाल सन्तोषजनक रहेको बताए । आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रीत भएको बताए ।

के के भयो उपलब्धी ?
पत्रकार सम्मेलनमा मन्त्री शहाीले आफ्नो कार्यकालमा महत्वपूर्ण चारवटा रणनीति तयार गरि कार्यान्वयनमा ल्याइएको बताए। त्यस्तै मन्त्री ठकुरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका सन्दर्भमा समेत प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गरे। त्यस्तै उनले मन्त्रालयको बजेट संघीयता कार्यान्वयन भएपछि कै बढी १८ दशमलव ५ प्रतिशतले बृद्धि भएको बताए।

त्यस्तै उनले सन २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेका वन क्षेत्र सरकार र समूदायद्वारा संरक्षण तथा व्यवस्थापन गरि ४६ दशमलव ०८ प्रतिशत पुगेको बताए । त्यस्तै गत आर्थिक बर्ष ३ करोड क्युफिट उत्पादन भएको काठ चालू आर्थिक बर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट उत्पादन भएको उनले बताए। उनले काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रीत भएको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर