विक्रमआदित्य गिरी ।

आदरणीय बिनोद चौधरी दाई जय नेपाल !

तपाईजस्ता व्यापारीहरूलाई बचाउनुपर्छ,राज्यले सुरक्षा गर्नुपर्छ भनेर संँधै आवाज उठाउने कांग्रेस वरिष्ठ नेता डा .शेखर कोइरालालाई तपाईले पार्टीभित्रको कुनै गुट उपगुटको प्रभाव र निर्देशनमा आरोप लगाएको हामी राम्रोसँग बुझ्छाैं ।

डा.शेखर कोइरालाले शुरू देखिनै निरन्तर पार्टी भित्र संगसंगै देश र जनताका पक्षमा आवाज बुलन्द गर्दै आउनु भएको छ। विधानत क्रियाशील लिएको १० बर्ष नभएको व्यक्ति पार्टीको केन्द्रिय सदस्य हुन सक्दैन भन्ने कुरा स्पष्ट छ,तर के कारणले तपाई हुनु भयो त ? के अब कांग्रेसमा तपाईको पैसाको बलले डराएर प्रश्न पनि गर्न पांईदैन ? पार्टीभित्र प्रश्न गर्दा ,केही कुरा राख्दा तपाइ जस्तो विगतमा कुनै योगदान नभएको ,दस वटा पार्टी फेर्दै आएको मान्छेको ठेक्का लिन कांग्रेसको कुनै पनि इमानदार सिपाही लाई आवश्यक छैन।

तपाईसँग विभिन्न स्वार्थ लिन खोज्नेहरूले तपाईको चाकड़ी गर्छन होला र मेरो सुझाव त्यसको उन्मातमा तपाईले कांग्रेस भित्रको मर्यादालाई बिथोल्न नखोज्नु होला ।अर्को महत्वपूर्ण कुरा कांग्रेसको १४ओैं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्दा तत्कालीन प्रधानमन्त्री समेत रहनु भएका हाम्रा आदरणीय पार्टी सभापति शेरबहादुर देउवाको सत्ताको चरम उपयोग,नेपालका तपाई जस्ता ठुला,धनी र राजघरानाहरूको न्वारनको बल लगाउँदा समेत कांग्रेसका ४१% महाधिवेशन प्रतिनिधिहरूको मत प्राप्त गरेका नेता हुन शेखर कोइराला ,तपाई जस्तो पैसाले पद किन्ने मान्छे होइनन नि।

अन्तमा:कांग्रेसमा आज अन्तर्घातका बारेमा ठुलो बहस गर्न जरूरी छ।देशभरी घात अन्तर्घात का विषयमा समस्या छन। तपाईको नवल परासी (बर्दघाट सुस्ता पुर्व) क्षेत्र नं २ मा लगभग टिकट फाइनल भइसकेकाे तर पछि त्यहाँ चुनाव जित्न गार्हाे छ भन्ने रिपोर्ट आएपछि रातारात नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा टिकट लैजाँदा त्यहाँका स्थानीय नेताले असहयोग गरे होलान,त्यसको आरोप डा. शेखर कोइरालालाई लगाउने भन्नुहुन्छ भने तपाईंको कुरासँग कदापी सहमत हुन सकिंदैन।

(गिरि नेविसंघ केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको