
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाद्वारा संचालित “कागेश्वरी मनोहरा नगर अस्पताल” ले आफ्ना सेवाहरु निरन्तर बिस्तार गर्दै गईरहेको छ । अस्पतालले २०८२ शनिबार देखि आँखा अपरेसन सेवा सुरु भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीकाे सक्रियतासँगै याे नगर अस्पताल नगरवासीीका लागि भराेसाकाे केन्द्र बनिरहेकाे छ । सेवा प्रवाहमा सहज र सुलभ भएकाले आसपासका नगरपालिका र विभिन्न जिल्लाका विरामी समेत आउने क्रम बढिरहेकाे छ ।
काठमाडौंको पूर्वी क्षेत्रकै प्रतिष्ठित र सुविधासम्पन्न अस्पतालको रुपमा विकास भईरहेको छ । यस अस्पतालमा काठमाडौं उपत्यका लगायत छिमिकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे, दोलखा लगाएतका विभिन्न जिलाहरुबाट दैनिक झण्डै १ हजारको संख्यामा स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।
यो अस्पताल अहिले स्वास्थ्योपचारको लागि भरोसाको केन्द्र बन्दै गईरहेको छ ।अहिले यस अस्पतालले १८ जना विशेषज्ञ डाक्टरहरु सहितको टोलीले विभिन्न १९ प्रकृतिका विशेषज्ञ सेवाहरु दिइरहेको छ ।