काठमाडौँ । एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा पुगेको छ । एनआरएनए एनसीसी अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोख्रेलको एकलौटीका कारण एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको  सङ्घारमा पुगेको पाइएको हो ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मान्यता दिएको आइसिसी महेश श्रेष्ठको नेतृत्वलाई एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष पोख्रेलले बेवास्ता गर्दा एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सम्भावना देखिएको हो । पोख्रेलले आफ्नै वरिपरिका मान्छे मात्रै बनाउँदै लैजानु, एमआइएस प्रविधि प्रयोग गरेर मेम्बरसिप बनाउनको लागि दबाब दिने गरेको र  वर्दी केसीले त्यसलाई इलिगल तरिकाले एमआइएस कब्जा गरेकोले त्यसलाई मान्यता नदिने  वर्तमान अध्यक्ष महेश श्रेष्ठको अठान रहेको छ ।

आइसिसीमा भएको विवादलाई बाहिर राखेर तसष्ठ नबस्ने गरेकाले एनआरएनए एनसीसी अष्ट्रेलियामा ठुलो दरार आइरहेकोले जनसम्पर्क समिति अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष इथान शाक्यले जानकारी दिए ।  उनका अनुसार नेपाल परराष्ट्रमन्त्रालयले श्रेष्ठ नेतृत्वको टिमलाई आधिकारिक दिँदा समेत पोख्रेलले नमानेकोले यसले केहि समयमै एनआरएनए एनसीसी अस्ट्रेलिया दुई हुने शाक्यले दाबी गरे ।

पराष्ट्रमन्त्रालयले राजदूतावासलाई समेत महेश श्रेष्ठको टिमलाई मान्यता दिनुपर्छ भनेर पत्राचार हुँदा पनि सो विरुद्ध जानु गलत भएको भन्दै अध्यक्ष पोखरेल लगायतको टीमलाई कारबाही गर्नुपर्ने एनआएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठको टीमका ओसेनिया क्षेत्रीय संयोजक इर्सद अहमद र उपसंयोजक  प्रताप सम्शेर रानाले जानकारी दिए ।

उनिहरुले पोख्रेल पक्षको गतिविधिको आलोचना गर्दै तत्काल सुधार नभएमा अनुसन्धानात्मक कारबाहीको माग गरेका छन्। उनीहरूले महेश श्रेष्ठ नेतृत्वलाई आधिकारिक मान्यता दिन परराष्ट्रमन्त्रालयको स्पष्ट निर्देशनलाई बेवास्ता गर्नु गैरकानुनी भएको भन्दै संस्था र समुदायलाई फुट्नबाट जोगाउन सबै पक्षलाई संयमित र संवैधानिक ढङ्गले अघि बढ्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको