काठमाडौं : चीन भ्रमणमा रहेका नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही र चीनको राष्ट्रिय वन तथा घाँसे मैदान मन्त्री लिउ गुओहोङसँग भेटघाट भएकाे छ । मन्त्री शाहीले नेपाल र चीनको पुरानो, मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेको साथै चीन घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिएको बताए ।
`नेपाल सधैं एक-चीन सिद्धान्तको समर्थनमा छ र सधैं त्यसप्रति प्रतिबद्ध र दृढ रहने विश्वास व्यक्त गर्दै हामी नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति चीनको सम्मानको कदर गर्दछौं,´ उनले भने । नेपाल सरकारले जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्यको विषयवस्तुमा सगरमाथा संवाद (चोमोलुङमा संवाद) मा चिनियाँ विज्ञान प्रतिष्ठान (CAS) का विज्ञहरूसँगै चीनबाट उच्चस्तरीय सहभागिता रहेकोमा धन्यवाद दिए ।

वन-आधारित सुगन्धित उद्योगहरू स्थापना गर्न, काठ प्रशोधन, बाँस र बेत उत्पादनहरू विकास, वन्यजन्तु खेती, नेपालका विभिन्न भागहरूमा प्रशोधन उद्योगहरू बढाउन विशेष गरी वन-आधारित साना र मध्यम आकारका उद्यमहरू स्थापना गर्न र
भक्तपुरको सूर्यविनायकमा चिडियाखाना स्थापना गर्न सहयोग (सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यान (NZG) लाई काठमाडौँको जावलाखेलमा अवस्थित केन्द्रीय चिडियाखानाले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यानको रूपमा परिकल्पना गरिएको र वन्यजन्तु संरक्षण, अनुसन्धान र सार्वजनिक शिक्षाको लागि आधुनिक केन्द्रको रूपमा काम गर्ने भएकोले सहयोगको प्रस्ताव राखेका छन् ।



