काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य हृदयराज मिश्रलाई संगठनको कानुन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले औपचारिक पत्र हस्तान्तरण गर्दै मिश्रलाई विभागकाे जिम्मेवारी ताेकेका हुन् ।
नेविसंघमा लामो समयदेखि सक्रिय रहेका मिश्र विद्यार्थी अधिकार, समावेशी शिक्षा नीति र कानुनी सचेतनाका क्षेत्रमा क्रियाशिल छन् । कानुन विभाग प्रमुखको रूपमा उनले अब संघभित्र नीति निर्माण, कानुनी प्रशिक्षण र विधिसम्मत नेतृत्व विकासमा योगदान पुर्याउने बताए ।
शेर्पाद्वारा सम्पन्न नियुक्ति कार्यक्रममा केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित नेताहरूले मिश्रको नीति विश्लेषण क्षमता र सांगठनिक निष्ठाको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी योगदानको अपेक्षा व्यक्त गरेका थिए ।



