
काठमाडौं : नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले आज शिष्टाचार भेट गर्नुभएकाे छ । उपप्रधानमन्त्री सिंह र बासबिच शहरी विकास मन्त्रालयमा भेट भएकाे हाे ।
भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएकाे उपप्रधानमन्त्री सिंहकाे सचिवालयले जनाएकाे छ ।