राजन खत्री, काठमाडौं : सेफ एसोसिएसन अफ नेपालले आफ्नो ३० औं वार्षिकोत्सव काठमाडौं ,चावहील चुच्चेपार्टीस्थित स्मार्ट प्यालेसमा एक विशेष कार्यक्रम गरि मनाउने भएकाे छ । नेपालको लामो इतिहास बोकेको नेपाली भान्से अर्थात् सेफहरुको साझा संगठनले वैशाख २५ गते स्थापना दिवस मनाउन लागेकाे हाे ।

सेफ एसोसिएसन अफ नेपाल , वि.सं २०५२ सालमा सेफ पुस्प थापाको अध्यक्षतामा सुरुवात भएकाे थियाे ।
सेफ एसोसिएसन अफ नेपालले एक कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाउन लागेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रेशमकुमार तामाङले उक्त कार्यक्रम हाल सम्मकै उत्कृष्ट रहने समेत दाबी गरेका छन् । सेफ एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा देश तथा विदेशमा रहेका पाहुनाहरुलाई समेत निमन्त्रणा दिएकाे यस् संस्थाका  कोषाध्यक्ष सेफ सुनील तामाङ बताउछन् ।

कार्यक्रममा नेपाली परम्परागत मौलिक खाना हरुको प्रचारप्रसार गरिनुका साथै यस्को विविध स्वादसमेत प्रस्तुत गरिनेछ ।
राम्रो गुणस्तरीय खानाको शिक्षा दीने , आफू भन्दा अग्रजलाई सम्मान गर्दै आउदो पुस्तालाई समेत प्रोत्साहित र हौसला प्रदान गर्ने , विश्व माझ नेपाल र नेपाली मौलिक खानालाई चिनाउने र सेफ एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिइरहेको छ । अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं,” अध्यक्ष तामाङले बताए ।


साथै, पाककलालाई नेपालको सांस्कृतिक कूटनीतिमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र पर्यटन तथा अर्थतन्त्रमा योगदान दिने लक्ष्य लिएको समेत अध्यक्ष तामाङले बताए ।
उनले आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गरे ।

संस्थापक अध्यक्ष पुष्प थापाले देशको सात वटेै प्रदेशमा खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित संस्था स्थापना गरिएको बताए ।
कार्यक्रममा पूर्व अध्यक्षहरू सेफ रत्न बहादुर थापा, गोविन्द नरसिंह केसी र जेत लामा पाख्रिनले अन्य वर्षजस्तै यस वर्ष पनि वार्षिकोत्सव भव्य र सभ्य रहने आशा समेत व्यत गरे ।

निवर्तमान अध्यक्ष श्याम कुमार तामाङले सम्पूर्ण सेफहरूलाई वार्षिकोत्सवमा सक्रिय सहभागिता जनाउन आव्हान गरेका छन्
महासचिव पदमबहादुर आले मगरले संस्थाको उद्देश्य, भावी योजना र वार्षिकोत्सवसम्बन्धी कार्यक्रमबारे जानकारी दिँदै सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली खानालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउने दीर्घकालीन योजना अघि सारेको बताए ।

एसोसिएसनले सम्पूर्ण नेपाली सेफहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो पहिचानलाई थप सशक्त बनाउन आह्वानसमेत गरेको छ ।
‘हाम्रो पेशा, हाम्रो सान’ भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको