काठमाडौं : नेपाली कांग्रेसका नेता अब्दूल सत्तारले शिक्षकहरूकाे शान्तिपूर्ण आन्दोलनमा सरकारद्वारा गरिएकाे दमन खेदजनक भएकाे बताएका छन् । नयाँ बानेश्वरमाआइतबार भएकाे प्रदर्शनमा प्रहरीले लाठीचार्ज र पानीकाे फाेहरा हान्दा ३ दर्जनबढी शिक्षकहरू घाइते छन् । साे घटनाकाे भत्सर्ना गर्दै कांग्रेसकाे शुभेच्छुक सस्था समन्वय बिभाग प्रमुखसमेत रहेका सत्तारले भसमस्या समाधानका लागि निर्णायक वार्ता गर्न पनि सरकार र आन्दोलनरत पक्षसँँग आग्रह गरेका छन् ।
`शान्तिपूर्ण आन्दोलनरत शिक्षकहरूमाथि आज सरकारद्वारा गरिएको दमन खेदजनक छ । सम्मानित सर्वोच्च अदालतको आदेश समेत जारी भैसकेको अवस्थामा तत्काल निर्णयक वार्ता गरी विद्यालय सञ्चालन हुने वातावरण बनाउन दुवै पक्षसँग आग्रह गर्दछु । सम्पुर्ण घाइते पत्रकार लगायत शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ,´ कांग्रेसका नेता सत्तारले भनेका छन् ।



