
काठमाडौं : नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलकाे निधन भएकाे छ । डंगाेल काठमाडौं कांग्रेस सभापति र पूर्वमन्त्री समेत हुन् ।
पञ्चायत विराेधी आन्दाेलन र ०६२/६३ काे जनआन्दोलनका बेलामा डंगोलले काठमाडौमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डंगाेल केहीसमय यता अस्वस्थ थिए ।