
काठमाडौं : नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) र जापानिज युनिभर्सिटीज अल्मुनाइ एशोसिएसन (जसआन) बिच दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झदारीपत्रमा नेइएका अध्यक्ष इ. सुबास चन्द्र बराल र जुआनका अध्यक्ष इ. डा. पवन कुमार भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेेका छन् ।
आगामी दिनमा पारस्परिक हित, पेशागत विकास, ज्ञान तथा सीपको आदानप्रदान, युवा इन्जिनियरहरूको पेशागत क्षमता अभिवृद्धि र नयाँ अवसरहरू, आपसी सम्पर्क विस्तार, प्रविधि हस्तान्तरण लगायतका कार्यक्रमहरूमा सहकार्य गरि अगाडी बढने प्रतिवद्धता गरिएकाे छ ।