बार्सिलोना नयाँ वर्ष २०८२ को अवसरमा नेपाली जनसम्पर्क समिती स्पेनले भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई स्वागत गरेको छ। सर्बाधिक लोकप्रिय लोक तथा दोहोरी गायक पशुपती शर्माको प्रस्तुतिले कार्यक्रमलाई भब्य बनाएको थियो ।साथमा उल्लेख्य सांगीतिक, नृत्य र साहित्यिक प्रस्तुतिहरूले झनै आकर्षक बनाएको थियो। स्थानीय कलाकारहरुदेखि लिएर नवप्रतिभाहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए।

उक्त संस्थाले केवल सांस्कृतिक कार्यक्रम मात्र नभई समाज सेवाका अन्य विविध पक्षहरूमा पनि आफ्नो सक्रियता देखाउँदै आएको छ। हालै सम्पन्न भएका कार्यक्रमहरूमध्ये, स्पानिश भाषा कक्षालाई निरन्तरता दिने , नबआगन्तुकहरु  लक्षित “वेटर तालिम कार्यक्रम” सञ्चालन गरी रोजगारमुखी सीप विकासमा टेवा पुर्‍याउने , बच्चाहरुलाई डिजीटल लत छुटाउन साथै आत्मरक्षा कौशल अभिवृद्धिका लागि कराते प्रशिक्षण तथा शारिरीक ब्यायमका कक्षा सञ्चालन गर्ने, अंग्रेजी भाषा सिक्न इच्छुक विद्यार्थी तथा युवाहरूका लागि विशेष अंग्रेजी भाषा कक्षा पनि संचालन गर्ने लगायतका , सजिलो भाषा सिक्ने सकिने पुस्तक निशुल्क वितरण लगायतका कार्यक्रमहरु जारी तथा घोषणा गरिएको छ।

नवआगन्तुक र स्पेनमा काम गर्ने अनुमती प्राप्त गरि नसकेकाहरुलाई  स्थानीय  भाषा तथा सीपको विकासमार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अगाडि बढ्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

नेपाली जन सम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार, “हामी समाजको विविध तहमा प्रभावकारी योगदान दिने उद्देश्यका साथ अघि बढिरहेका छौं। शिक्षा, सीप विकास, स्वास्थ्य, नव प्रतिभाहरुलाई नेपालसंग जोड्ने, नेपाल सरकार र दुताबास संग भैपरि आउने अफ्ट्याराहरुमा समन्वय, नेपाली संस्कृतिको संरक्षण हाम्रो प्राथमिकता हो “ श्रेष्ठले बताउनु भयो ।

नयाँ ठाँउमा सामाजिक र कानुनी हिसाबले, कोठा, काम र पात्रोमिन्त्रो लगायत जानकारी नपुगेका कारण कोही पनि समस्यामा नपरुन भन्ने हेतुले  “आबेश्यकतामा बिशेश्वर“ अभियान अन्तर्गत बिभीन्न आन्तरिक कार्यक्रहरु समेत गर्दै आएको र अझै थप सक्रियता साथ गर्दै जाने उनले जनाएका छन् ।

समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सक्रिय रुपमा काम गरिरहेको संस्थाले आगामी दिनमा अझ बढी कार्यक्रमहरू ल्याउने योजना बनाएको छ।

गैर आबशिय नेपाली संघका युरोप संयोजक चिन्तामणि सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सस्थाका पुर्ब उपाध्यक्ष पुष्पराज भण्डारी , ईन्द्र शर्मा गैर आबाशिय नेपाली संघ स्पेनका अध्यक्ष पेशल कोईराला, जन प्रगतिशिल मन्च युरोपका उपाध्यक्ष गंगा भुषाल लगायतले सस्थाको कार्ययोजना र सक्रियताको प्रशंशा गर्दै मन्तब्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको