
काठमाडौ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुने बताउनुभएको छ । नेपाल परम्परागत बाैद्द धर्मसंघ
नेपाल बज्रयान महाविहार, लुम्बिनीले आइतबार बुद्ध जन्मभूमि लुम्बिनीमा `नेपाल बज्रयान महाविहार´ बनाउन सहयाेग गर्ने दाताहरूलाई सम्मान गर्न क्षेत्रपार्टीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले यस्ता बताउनुभएकाे हाे । लुम्बिनिमा विभिन्न देशकाे सहयाेगमा संरचनाहरू बनेकाे चर्चा गर्दै बज्रयान महाविहार नेपालीहरूकै लगानी र नेतृत्वमा बन्नु सुखद् विषय भन्दै उहाँले विहार निर्माणका लागि सहयाेग गर्ने सबैकाे प्रशंसा गर्नुभयाे ।
`हामी सबैले के बुझ्नुपर्छ भने राम्राे काम गर्न गार्हाेचाहीँ हुन्छ । नेतृत्व राम्राे र विश्वासिलाे भयाे भने त्याे गार्हाे काम पनि सम्भव हुन्छ भन्ने कुराबाे एउटा उदाहरण याे विहार नै बनेकाे छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`राजनीतिक रूपका हेर्दाखेरी ०४६ सालकाे जनआन्दाेलनमा सर्वाेच्च कमाण्डर गणेशमान सिंहप्रति सबै दलहरूकाे विश्वास थियाे । त्यही कारणले आन्दाेलनलाई नेतृत्व गरेर सफलतामा पुर्याउनुभयाे । सामाजिक, धार्मिक कार्यहरूमा पनि कुनै काम सुसम्पन्न गराउनका लागि विश्वास जितेकाे नेतृत्व भयाे भने काम राम्राेसँग फत्ते हुन्छ ।´
उपप्रधानमन्त्री सिंहले धार्मिक काममा विकास निर्माणकाे काममा पनि सबैले हातेमालाे गरेर देशलाई उन्नतिकाे बाटाेमा लैजानका लागि आआफ्नाे ठाउँबाट याेगदान गर्नका लागि पनि आग्रह गर्नुभयाे । कार्यक्रममा विहार निर्माणमा सहयाेग गर्नेहरूलाई उपप्रधानमन्त्री सिंहले सम्मानपत्र वितरण गर्नुभएकाे थियाे ।