काठमाडौं : भूमि समस्या समाधान आयाेग काठमाडौंले आयाेजना गरेकाे सराेकारवालाकाे अभिमुखिकरण सम्पन्न भएकाे छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति काठमाण्डौले जिल्लाका सवै पालीकाका भूमि शाखा प्रमुख र आयोगका प्राविधिक कर्मचारीलाई अभिमुखिकरण दिएकाे हाे ।

भूमिहिन, दलित, सुकुम्वासी र अव्यवस्थीत वसोवासीको विवरण तथा तथ्याङ्क संकलन लगायतको विषयमा अभिमुखीकरण दिइएकाे आयाेग काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले बताए ।

आयोगका जिल्ला अध्यक्ष कृष्ण जी खड्काको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सनत कुमार कार्की, विज्ञ सदस्य टेकबहादुर साह, केन्द्रीय सदस्य गुञ्जबहादुर खड्काको प्रमुख र विशेस आतिथ्यता थियो भने उपसचिव संजिव कुमार साहको टिमले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, सदस्य, ११ वटै पालिकाका भूमी शाखा प्रमुख र प्राविधिक कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको