नयाँ वर्ष २०८२ को शुभ अवसरमा इस्माली समाज युएईले अप्रिल १३ (चैत ३१) मा दुबईको बरदुबईस्थित आब्रामा नयाँ वर्ष विशेष शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको संस्थाका सचिव मनोज ज्ञावलिले जानकारी दीनु भएको छ।

प्रवास रहेको आम नेपालीहरुलाई एकता ,आत्मीयता, साथै प्रदेशमा रहने आम नेपाली समुदायबीच एकता बद्द रहेर आफ्नो मौलिक पन हाम्रो साँस्कृतिक नेपालीहरुको पहिचान भन्ने सन्देश प्रवाह गर्न साथै नयाँ वर्षको हर्ष बाँड्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरीयको संस्थाका सचिव बताउनु हुन्छ।

उक्त कार्यक्रममा आफ्नो सांगेतिक प्रस्तुति गायक होमनाथ कुँवर, विनय खत्री, कुशुम परियार, रञ्जिता कुँवर र बावुराम परियारले प्रस्तुति दिने आयोजक टिमले जानकारी दीयको छ।

उद्घोषक इस्माली समाज युएईका सचिव मनोज ज्ञवालीका अनुसार, “परदेशमा नेपालीपन जोगाउन र आपसी सम्बन्ध सुदृढ बनाउन साथै नेपालमा रहेको ऐतिहासीक धार्मिक तथा साँस्कृतिक महत्त्व बोक्ने क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्न उक्त कार्यक्रको आयोजना गरिएको पनि उहाँ बताउनु हुन्छ।

संस्थाका अध्यक्ष मानबहादुर कुँवर भन्नु हुन्छ नेपाली प्रवासीबीचको एकता र सामाजिक चेतनालाई बल दिन यस्ता कार्यक्रम उपयोगी र जनचेतनामूलक समेत रहने उहाँ बताउनु हुन्छ।

इस्माली समाज युएईले युएईस्थित नेपालीहरूबीच सहकार्य गर्दै विभिन्न सामाजिक गतिविधि हरु समेत सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम मा दुबई भरबाट नेपालीको उल्लेखनीय उपस्थिति रहने अपेक्षा आयोजक टिमले राखेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको