काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार भएकाे दुर्गा प्रसाईं नेतृत्वकाे आन्दोलनमा आफूहरूकाे समर्थन रहेकाे बताएका छन् । शनिबार केन्द्रीय कार्यालयमा बसेकाे बैठकपछि पत्रकारहरूसँग कुुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्ताे बताएका हुन् ।
शुक्रबार भएकाे हिंसात्मक आन्दाेलनका क्रममा दुई जनाकाे ज्यान गएकाे थियाे भने दर्जनाैं घाइते भएका छन् । राजावादी प्रदर्शनकाे क्रममा एकीकृत समाजवादी, माओवादी केन्द्रकाे पार्टी कार्यालयमा आक्रमण प्रयास भएकाे थियाे भने दर्जनाैं गाडीमा आगजनि भएकाे थियाे ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । राप्रपाले मिश्र र राणालाई रिहा गर्न पनि माग गरेकाे छ ।




