काठमाडौं। ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ‘ह्याट्रिक’ गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्मन्न तेस्रो संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै मच्छिन्द्रले लगातार उपाधि जितेको हो।

मच्छिन्द्रको जितमा सनिश श्रेष्ठ र स्टेफाने जलीले गोल गरेका हुन्।

मच्छिन्द्रले पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो। दोस्रो संस्करणमा भने न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै उपाधि जितेको थियो।

२९औं मिनेटमा सनिशले मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। ७२औं मिनेटमा जलीले अर्को गोल थप्दै उपाधि पक्का गरेका हु

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको