राजन खत्री, रामेछाप : जिल्लाको प्रसिद्ध एवम् ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल खाँडादेवी विकास कोषको १२ औं साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रवार सप्पन्न भएको छ । उक्त अधिवेशन बाट अध्यक्षमा पुनः शेरबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका हुन् ।
शुक्रवार भएको १२ औँ साधारणसभा तथा तेस्रो अधिवेशनले तमाङलाई पुनः निर्विरोध निर्वाचित गराएको सस्थाका कोष-अध्यक्ष प्रकाश् बुढाथोकीले जानकारी दिएका छन् । तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । नवनिर्वाचित तामाङ लामो समयदेखि खाँडादेवी मन्दिरको विकास र स्तरोन्नतीमा सक्रिय सहँदै सामाजिक कार्यमा समेत अग्रसर रहेका व्यक्ति हुन् । तामाङको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरु विगत लामो समयदेखि विकास कोषमा आवद्ध रहेर काम गरिरहेका छन् ।

यस्ताे छ कार्यसमिति
अध्यक्ष तामाङको नयाँ कार्यसमिति पदाधिकारीहरुमा क्रमशः उपाध्यक्ष चुनबहादुर खत्री, सचिव कमल के.सी, सहसचिव बालकुमारी खड्का र कोषाध्यक्षमा प्रकाश बुढाथोकी रहेका छन् ।सदस्यहरूमा तेजराज घिसिङ, भक्तिमाय श्रेष्ठ, क्षेत्रबहादुर बुढाथोकी, मनोज बुढाथोकी, मिना तामाङ र बसन्ती तामाङ निर्विरोध चयन भएका हुन् ।
खाँडादेवी विकास कोषको उद्घाटन सङ्घीय संसदका सभामुख देबराज घिमिरेले गरेका थिए । नेपाली सेनाको हेलिकप्टर मार्फत घिमिरे खाँडोदवी मन्दिर आएका थिए । खाँडोदवी मन्दिरको दर्शन गर्दै सभामुख घिमिरेले विकास कोषको उद्घाटन गरेका हुन् ! कार्यक्रमको उद्घाटन गर्दै खाँडादेवी मन्दिरको इतिहासलाई प्रचारप्रसार गर्न सके यस ठाउँमा धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न सकिने सभामुख घिमिरेको बताए । खाँडादेवी मन्दिरको विकास र समृद्धिको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले समेत पहल गर्ने सभामुख घिमिरेले बताएका छन् ।

खाँडादेवी विकास कोषको १२ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहमा सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बामगती प्रदेश सभा सदस्य युवराज चौलागाई, आनन्दकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेल, जिल्ला समन्वय समिति रामेछाप नेपाली कांग्रेसका प्रमुख चिना खड्का, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगायतको उपस्थिती समेत रहेको थियो ।
खाँडादेवीकाे धार्मिक महत्व
रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकाथुम फेदीमा रहेको विश्वामित्र गुफासँगैको सुनकोसी नदीमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बध गरी सोही ठाउँमा खुँडा पखाली खुँडा स्थापना गरेको हुनाले सोही ठाउँलाई खाँडादेवी भनिएको धर्मशास्त्रीहरुको भनाइ छ । देवीले राक्षसहरुको बध गरी सोही ठाउँमा खुँडा पखालेको र खाँडादेवीमा पुगेर खुँडा गाडी दोलखाको कालिन्चोकमा गएर दुर्गा भगवती अन्तरध्यान भएको कुरा धर्मशास्त्रमा उल्लेख रहेको धर्मशास्त्रीहरु बताउँछन् । विश्वामित्र गुफासँगैको सुनकोसी नदी किनारमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बद गरेको हुनाले यस ठाउँलाई दुर्गा आर्यघाटको नाम समेतले चिनिन्छ ।

नवनिर्वाचित अध्यक्ष तामाङले खाँडादेवी मन्दिरलाई अझै बढी प्रचारप्रसार गरि अन्तर्राष्ट्रिय रुपमा यस् मन्दिर लाई चिनाउने आफ्नो उद्देश्य रहेको बताए । उनले आफुमा कुनै प्रकारको लोभलालच नभएकाे भन्दै कार्यकालभरी मन्दिरको आर्थिक परदर्शिता कायम गर्दै प्रभावकारी काम गर्ने प्रतिबद्दता जनाएका छन् । खाँडादेवी मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ मध्य एक मानिन्छ ।



