नन्द बहादुर रोकाया, बागलुङ: नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसंग जोड्ने गरि काम गरेको बताए । उनले बनमा उत्पादन भएका काठ लगायतमा जडिबुटीलाई व्यवस्थापन गर्ने कानुन निर्माण गरेर यसलाई समृद्धि सँग जोड्ने बताए ।

बागलुङको जैमिनी नगरपालिका—८ छिस्तीमा रहेको जनकल्याण माविको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले केही वन सम्बन्धी कानुनमा समस्या रहेका कारण उत्पादन भएका काठहरु खेर गएको र यसको व्यवस्थापनलाई अब कानुननै संसोधन गरेर अगाडी बढ्नुपर्ने बताए ।
मन्त्री शाहीले आगमी बजेटमा आफूले वन तथा वातावरणसम्बन्धी जोड दिएर कार्यक्रम ल्याउने जानकारी गराए ।
उनले पछिल्लो समय वन्यजन्तु बाँदर, बँदेल र हात्तिका कारण धेरै किसान समस्यामा परेको विषयमा सरकारले गम्भिरतापूर्वक लिएको बताउदै पहिलो चरणमा बाँदरलाई कृषि हानिकारक वन्य जन्तुका रुपमा लिएर किसानलाई क्षतिपूर्ती दिने व्यवस्था मिलाउने बताए । ‘जैमिनी क्षेत्रमा ठुलो समस्या बाँदर आतंक रहेछ । यसकै कारण यहाँ बसाई सराई पनि भएको रैछ मन्त्री शाहीले भने,‘वन्यजन्तुको आतंक रोक्ने उपायका कार्यक्रम ल्याउने छौं । यहाँको नगरपालिकाले निर्माण गर्ने भनिएको बाँदर बगैचालाई मन्त्रालयले आगमी दिनमा वजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

उनले पछिल्लो समयमा सवै क्षेत्रमा जंगली वन्यजन्तुले किसानलाई आजित पारेको हुनाले यसको उचिज व्यवस्थापन गर्नुपर्ने बताए ।
मन्त्री शाहीले आजको आवश्यकता नैतिक शिक्षाको रहेको बताए । नैतिक रुपमा माथि उठ्न नसके हासिल भएको विकास र समृद्धिको काम नालग्ने भन्दै विद्यालयमा शिक्षाको पठन पाठन गर्नुपर्ने बताए । उनले कांग्रेस र एमालेको गठवन्धनको सरकारले विकास र समृद्धिको सवालमा फड्को मारेको बताए ।

स्थायीत्वको लागि अहिलेको सरकारले नयाँ ढंगले काम गरिरहेको बताउँदै शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल नआएको मा चिन्ता व्यक्त गरे । शाहीले अब गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए ।

उनले  वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनुका साथै रोकिएका कामले पनि गति लिन थालेकाले जनतामा आशाको सञ्चार भएको शाहीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको