काठमाडौं । स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन्।
पोखराले आइतबाट नवयुग पोखराबाट खेल्ने जानकारी दिएको छ। पोखराका राम थापाको स्थानमा नवयुग खेल्ने क्लबका अध्यक्ष तथा प्रवन्धक जाम्लिङ घलले जानकारी दिए।
राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा आफूलाई खुसि लागेको घलेले बताए।
नवयुग शनिबार भएको मिनि अक्सनमा अनसोल्ड भएका थिए। नवयुग एनएसएलको पहिलो सिजनमा पोखराका मार्की खेलाडी रहेका थिए।



