काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ।

नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ। म्यानरमार पनि यसअघिका दुई खेलमा विजयी हुँदै फाइनल पुगि सकेको छ।

नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १÷१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो। नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ।

ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको