काठमाडौँ । नेपाल चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बिहिवार सम्मपन्न खेलमा लेवनानलाई १–० गोलले हराउँदै लगातार दोस्रो जितका साथ नेपाल फाइनलमा पुगेको हो।
नेपालको जितमा सावित्रा भण्डारीले गरेको जित नियार्णयक बन्यो।
दुई खेलमा दुबै खेल जित्न सफल नेपाल र म्यानमार फाइनलमा गुगेका छन् भने लेवनान र किर्गिस्तान एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएका छन्।
यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक पुर्याएको छ। म्यानमारले पनि समान खेलबाट ६ अंक पुर्याएको छ। तर, गोलअन्तरमा भने म्यानमार अगाडि छ। अब यी दुई टोलीले लिगचरणको अन्तिम खेल आइतबार खेल्नेछन्।



