काठमाडौं। म्यानमार एक खेलअगाबै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार सम्पन्न खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० ले पराजित गरेको हो। यो नजितासँगै म्यानमारले दुई खेलबाट ६ अंक पुर्‍याएको छ। म्यानमारले यसअघि लेबनानलाई ३–१ ले हराएको थियो। किर्गिस्तान भने जितविहीन छ। यसअघि किर्गिस्तान नेपालसँग १–० ले पराजित भएको थियो।

म्यानमारलाई लगातार जित दिलाउन योन वादी र मे हिइत लुले समान दुई गोल गरे। सानदार लिनले एक गोल थपे।

सुरुआतदेखि नै म्यानमारले खेलमा दबदबा कायम राखेको थियो। योनले दोस्रो मिनेटमै टोलीलाई अग्रता दिलाए। ३०औं मिनेटमा सनदारले अर्को गोल गरे।

त्यसको ६ मिनेटपछि नै मेले गोल गर्दै अग्रता ३–० मा पुर्‍याए। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाए।

दोस्रो हाफमा मेले अर्को गोल थपे। ४९औं मिनेटमा मेले गोल गरेसँगै म्यानमार ५–० ले विजयी भयो।


प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको