बागमती। सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने विभागीय टोलि सशस्त्र प्रहरी बलको (एपीएफ) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ। यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो, भने संकटा भने वाई पाएर सिधंै क्वाटरफाइनलमा स्थान पाएको हो।

गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हो । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपविजेता बनेको थियो।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

सातौं बागमती गोल्डकपमा आज एपीएफ र संकटा भिड्दै

बागमती। सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने विभागीय टोलि सशस्त्र प्रहरी बलको (एपीएफ) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो, भने संकटा भने वाई पाएर सिधंै क्वाटरफाइनलमा स्थान पाएको हो।

गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हो। एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपविजेता बनेको थियो।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको