काठमाडौं। मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको थियो भने आज सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।



