काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो।
जसअनुसार आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोवार भैइरहेको छ।



