काठमाडौं। साताको  पहिलो कारोवार  दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबा छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोवार भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर