सिमा आभाष ।

चर्चित गायिकाको सम्बन्धबिच्छेद पछिको भावुक स्टाटस पढेपछि दिक्क लागिरहेको थियो । कतिपय बिषयमा त चुप लागुम् भन्दाभन्दै पनि सकिँदैन । लेख्नैपर्छ भन्ने लाग्छ ।

अहिले प्रचलनमा रहेक‍ो बिहेको बारेमा थोरै कुरा गरौँ ।

बिहेमा नाना नौरंग गरेर बेहुली सिंगारिएका हुन्छन् । त्यस्तो शृङ्गार बिहेको दिन मात्र गर्छन् । कपडा, गहना बिहेमा लगाएझैँ अघिपछि खासै लगाउँदैनन् । तर, बेहुलाको सिगारिने र लाउने कुरामा खासै अन्तर हुँदैन । यस्ता पोषाक, गहना र सृङ्गारले बेहुलीलाई अलिक बढी नै भाबुकतामा डुबाउन सफल हुन्छ ।

त्यति मात्र होइन, सिन्दुर हाल्ने बेहुला, कन्यादान लिने बेहुला, पोते लगाइदिने बेहुला, गोडा ढोगाउने बेहुला; बेहुलोलाई बिवाहको चिन्ह/संकेत छोड्ने गरि बेहुलीले दिने केही हुन्छ ? केही पनि हुँदैन ।

यस्ता कर्मले बेहुली बढी समर्पित हुन्छे । बेहुलोले बेहुलीको समर्पण आर्जन गरेको हुन्छ । अझ भनौ, बेहुलीको समर्पणको मालिक बनेको हुन्छ । हाम्रो विहे पद्धती नै केटीलाई भावुक र समर्पित गराउने प्रवृत्तिको छ ।

बिहेअघि कुनै पनि केटीले कल्पना गरेका हुँदैनन कि मेरो छोडपत्र हुन्छ भनेर । किन कि सिउँदो थापेका हुन्छन् (जसले उसलाई सधवा , विधवाको मानक खडा गर्छ । यो सामान्य अबस्था होइन), बाउआमाले कन्यादान गर्दा किरिया सहित गोत्र सारिदिएका हुन्छन्; कहिल्यै कसैका गोडामा नपरेको शिर(सबैले ढोग्दैनन् । नढोगुन् पनि) बेहुलाका गोडामा समर्पित गर्छन् । बेहुलाका गोडाको पानी खान्छन् । सामान्यतया बेहुलाले बेहुलीको बूढी औलो छुँदा पनि रूमालले ढाक्छन् । किन कि सिधै हातले छुँदा अनाबश्यक भाबुकपनलाई रोक्न बेहुला र उसका पक्षकाले नाङ्गो हातले गोडा छुन दिँदैनन् ।

ज्यान जोगाउनको लागि अथवा क्यारियर जोगाउनको लागि या अत्याचार सहन नसकेर महिलाले छोड्पत्र गर्छन् । छोडपत्र भएपछि पनि त्यो अत्याचार गर्नेको लागि भावुक बन्नुपर्ने कारण माथि विवाहका प्रक्रिया मुख्यकारक हो भन्ने मेरो धारणा छ । सृङ्गारलाई सौभाग्यसँग जोडिनु, लोग्नेलाई देवताको अवतार मानिनुजस्ता मिथ्या कुरालाई शिरमा राखेर हिँडुञ्जेल धुरूधुरू रूने नै हो ।

छोडपत्र गरेको केटो अर्की केटीको खोजिमा लागिसकेको हुन्छ या केटीको पूर्व तयारी गरिसकेको हुन्छ । अनि छोडपत्र गर्ने केटी रूँदै पुकारा गर्दै हुन्छे तिम्रो जय ह‍स् ! तिम्रो भलो होस् !

ए बाबा ! आफूलाई मान्छे, सामाजिक प्राणी हुँ भनेर मान्छेको दर्जामा राख्न त सिक ! मानवियता उसले देखाएको थियो थिएन भनेर मुल्याङ्कन गर्न त सिक !

त्यसैले म केटीहरूलाई अनुरोध गर्दछु- स्मार्ट बनौँ । आफ्नो प्रेमी या श्रीमानसँग प्रेम साटासाट गरौँ । सम्मान आदानप्रदान गरौँ । तर, मिथ्या भाबुकताको सिकार नह‍ोऔ । लोग्नेका नामको सिंगारपटार, पोषाक, गहनाहरू शक्तिशाली हातहतियारभन्दा कम खतरनाक छैनन् भन्ने नभुलौ !

छोडपत्रपछिको यस्तो भाबुकता भनेको हैजा हो ! कोरोना हो ! भाबुकताको हैजाबाट केटीहरूलाई बचाउँ । बचौँ ! कोरोना भाबुकता त्यागौ !

( फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको