
मुगु । नेपालको पर्यटकीय गन्तब्यको रुपमा रहेको रारा(महेन्द्रं) तालकोे किनारमा रहेको ढुङ्गे धारा संरक्षणको प्रखाईमा छन्।
सयौं बर्ष पूरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्वीक महत्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण नहँुदा ओझेलमा परेको छ।
२०३२ साल अगाडि रारा क्षेत्रमा रहेका बस्ती मुर्मा, छाप्रु, रराले बस्तीका मानिसहरुले प्रयोग गर्ने ढुङ्गे धाराहरु पछिल्लो समयमा अलपत्र परेका हुन्।
२०३२ सालमा रारा ताल वरिपरिको क्षेत्रलाई रारा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्दा २०३५ सालमा छाप्रु र रराले बस्तीका मानिसहरुलाई नेपालगंन्जको चिसापानीतिर बसाई सरेपछि ढुंङ्गे धारा र मठ मन्दिरहरु पनि ओझेलमा परेका हुन्।
ढुङ्गे धारामा पछिल्लो समयमा पानीको मुहान सुकेपछि २०७६ बैशाख पहिलो साता महायज्ञ संचालन गरेपछि धारा सन्चालनमा आएका थिए । धारामा पानी आउँदा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पानी पिउन सहज भएको छाँयानाथ रारा नगरपालिका ९ मुर्मा गाँउका समाजसेवी बिर्ख बहादुर रोकायाले बताएका छन्।
रारा तालको किनारमा रहेको अन्य धार्मिक स्थान छाप्र्रु महादेव, रारा लागुडा महादेव, मुर्मा महादेवलगायत अन्य दर्जनौं धार्मिक मन्दिर ,गुफा र ढुङ्गामा लेखेका ऐतिहासिक लेखोटहरु पनि अलपत्र परेका छन्।
राराको नाममा प्रत्येक बर्ष सडक, पदमार्ग, भ्यूटावर बनाउनको लागि करोडौ बजेट आएपनि यस्ता ऐतिहासिक स्थलहरुको संरक्षण नभएको स्थानीयको डवल रोकायाको भनाइ छ।