काठमाडौं । बरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताएकी छिन्।

मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ बिषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन्।

उनले भनिन्, ‘महिला बहिनीहरुलाई एकदमै समस्या छ। हिरोको तुलनामा  हिरोइनहरुलाई त्यति पैसा छैन। महिलाहरुलाई वास्तवमा गाह्रो छ। हलिउड, बलिउडमा नि त्यस्तै छ। महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न। धेरै चलचित्रहरु पुरुष चलचित्र बन्छन तर त्यसो हुनुहुन्न। किनकी पुरुषहरुलाई जन्माउने हामी नारी हौ नी । नारीहरुले संवेदनात्मक रुपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन्। सामाजिक चलचित्र बढी चलेका छन्।’

उनले युवा वर्ग र महिलाहरु चलचित्र क्षेत्रमा आउन आग्रह गरेकी छिन् । उनले महिलाहरु हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेसगरी चलचित्रको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताइन्।

यस्तै, उक्त कार्यक्रममा बोल्दै कोरियोग्राफर, निर्देशक तथा निर्माता रेनशा बान्तवाले महिलाहरुले आफ्नो कमजोरी आफै प्रदर्शन गर्ने गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर