काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ।
आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ। प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभागी भएका छन्।
सोही क्रममा नेपाल बास्केट बल संघको अध्यक्ष भिमसिन गुरुङले थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिपको दोस्रो संस्करण पहिलोकोभन्दा भव्यताका साथ सञ्चालन गरिरहेको बताएका छन्।
उनले भने, ‘थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप भई रहेको छ । यो एउटा अन्तराष्ट्रिय स्तरको खेल हो। यो दोस्रो संस्करणको खेल हो। पहिलो संस्करण हामीले भव्यताका साथ सम्पन्न गरेका थियौं र यो वर्ष विगतको भन्दा पनि भव्यताका साथ सञ्चालन गरिरहेका छाँै।’
यस्तै, उनले यो वर्ष पहिलाको भन्दा विदेशी खेलाडी र टिमको संख्या बढेको भन्दै आउँदो वर्षमा यसलाई अझै गुणस्तर खेलको रुपमा स्थापित गर्ने बताए।
यसपालीको पुरस्कारको राशी तय नभए पनि विगतको भन्दा बढि नै राख्ने सोचमा रहेको पनि उनको भनाई छ।



