काठमाडौं : छविलाल, पुष्पकमल हुँदै प्रचण्ड बनेका उनी अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष छन् । तीनै प्रचण्ड अहिले प्रमुख प्रतिपक्षी दलका नेता समेत छन् । बिहिबार संसद बैठकमा सरकारविरुद्ध खराे रूपमा उत्रिएका उनले आफ्नाे द्वैध चरित्र पनि एकसाथ प्रदर्शन गरे । उसाे त प्रचण्डकाे नक्कली र सक्कली रूप उनकै बाेलीले देखायाे ।

टिकटक बन्द गरेका प्रचण्ड अहिले सामाजिक सञ्जाल नियमन गर्ने गरि सरकारले ल्याएकाे विधेयककाे खराे विराेधमा उत्रिए । उसाे त उनले आफू प्रधानमन्त्री छँदा सुशासन रहेकाे दाबी गरे । तर, राेचक त के छ भने सुशासनकाे गफ दिने उनै प्रचण्डले विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका सर्लाहीकाे बाग्मति नगरपालिकाका निलम्बित मेयर भरत थापाकाे बचाउ गरे । `एकातिर सुशासनकाे गफ । अर्काेतिर भ्रष्टकाे बचाउ । प्रचण्डले आफ्नाे भनाईकाे आफैले खिल्ली उडाउनुभयाे,´ बैठकपछि कांग्रेसका एक सासदले भने ।

उनले सरकारले अध्यादेशमार्फत बन ऐन २०७६ को संशोधन गर्नुको उद्देश्य भूमिहीन र सुकुम्वासीलाई जग्गा दिन भन्ने दाबी गरेको र अर्कोतिर सर्लाही नगरपालिकामा ३० औँ वर्षदेखि बसिरहेका सुकुम्बासीहरुलाई घरबारहीन गराउन खाेजेकाे आराेप मात्र लगाएनन् सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित पाँच पदाधिकारीलाई झुटो मुद्दामा फसाउने षड्यन्त्र भइरहेको बताए । जबकी थापाविरूद्द अखतियार दुरूपयाेग अनुसन्धानले दायर गरेकाे मुद्दा विशेष अदालतमा विचाराधिन छ । अदालतमा विचाराधिन मुद्दामा बाेल्न नमिल्ने तथ्य प्रचण्डले किन अन्देखा गरे ? चासाेका साथ हेरिएकाे छ ।

नेकपा माओवादीबाट निर्वाचित थापाले १२१ बिघाको भरत तालको नाममा करोडौँ रकम अपचलन गरेको र सम्पत्तिको स्रोत नखुलेकोमा उनी विरुद्ध विशेष अदालतमा मुद्दा विचाराधिन छ ।
उनी विरुद्ध अख्तियारले दुईवटा मुद्दा दायर गरेकाे छ । पहिलाे ५ करोड ३३ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो भने दाेस्राे ताल बनाउन भन्दै ढुंगागिटी निकालेर अपचलन गरेको भन्दै ३० करोड बढी रकम भ्रष्टाचारको अभियोगमा मुद्दा छ।

उसाे त प्रचण्डले भ्रष्टाचारका अभियुक्त थापाकाे मात्र हाेइन सहकारी ठगीलगायतका मुद्दा खेपिरहेका रवि लामिछानेकाे समेत सार्वजनिक रूपमै बचाउ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको