
राजेश राई ।
बालेन बन्द गर हाम्रो गीत गाउन !
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिजो गीत पोष्ट गरेका छन् ।
गीतले भन्छ :
गाई त बाँध्यो ढुंग्रोमा मोही छैन,
गरिबको चमेली बोल्दिने कोही छैन ।
बालेन,
एक छान खानका लागि मकै पोल्दै गरेका बुढीआमाहरुको छातीमा परेड खेल्छ । सन्तानको स्कुलको फि तिर्न तरकारी बेचिरहेका गरिबहरुको तरकारी फाल्छ । थर्मसमा चिया बोकेर बेचिरहेका निर्धाहरुको चिया हुत्याइदिन्छन् ।
उनै बालेन कोरस गाइरहेका छन् :
गरिबको चमेली बोल्दिने कोही छैन ।
राल्फाली समूहका रामेश र मञ्जुलहरूले गाउने यो निर्धाहरुको गीत हो याे ।
त्यसैले बालेन बन्द गर हाम्रो गीत गाउन ।
सडकबाट निर्धाहरुको सबै-सबै खोस्यौं । कम्तीमा दुःखमा गाउने हाम्रो गीत त नखोस ।
तिमिले यो गीत गाइरहदा गरिबहरुको छाती पोल्छ, छाती !
(राईकाे फेसबुकबाट)