काठमाडौं ।लगातार दुई दिन उकालो लागेको सेयर बजार मंगलबार भने दोहोरो अंकले घटेको छ। कारोबार साताको तेस्रो दिन मंगलबार बजारdf १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।

बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ। सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रूपैयाँको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ।

त्यसैगरी मंगलबार७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको