
काठमाडौं ।आज सुन तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेका छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।