
काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल–नासरले एएफसी च्याम्पियन्स लिग एलिटमा संयुक्त अरब इमिरेट्सको अल–वासललाई ४–० ले पराजित गरेकाे छ।
याे जितसँगै समूह चरणको अन्तिम खेल अगाडि नै अल–नासरले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो।
अली अल–हसनले २५औं मिनेटमा गोल गर्दै अल–नासरलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले पेनाल्टीबाट गोल गरे। खेलको अन्तिम १२ मिनेट बाँकी छँदा उनले हेडरमार्फत दोस्रो गोल थपे। मोहम्मद अल–फातिलले चौथो गोल गर्दै टोलीको सानदार जित सुनिश्चित गरे।
अल–नासरले १२ टोली सहभागी समूहमा तेस्रो स्थान सुरक्षित गरेको छ भने साउदी अरबकै अर्को टोली अल–अहली कतारको अल–सद्दलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको छ। अल–नासरको सात खेलबाट १६ अंक छ। समान खेल खेलेको अल–अहलीको भने तीन अंक बढी छ।