काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताएका छन्।

एबीसी डिभिजन फुटबल क्लबहरु र गोल्डक्लब बिजेता क्लबहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गरी मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताए।

उनले भने, ‘आउँदो बर्षमा ललितपुरको ‘ए’डिभिजनका राम्रा खेलाडी एक जनालाई मासिक रुपमा थोरै रमकको भएपनि मासिक पारिश्रमको व्यवस्थापन गर्छौ। कति रकम हुन्छ त्यसको होमवर्क गरेर सार्वजनिक गर्छौ। आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गर्छौ। ललितपुरको जतिपनि ‘ए’डिभिजनका खेलाडी छन् ति मध्ये एकजनालाई मासिक पारिश्रमको व्यवस्थापन गर्छौ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको