काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै पराजित गरेको हो।

थाइल्याण्डको लागि नन्नापत कोन्चारोएनकाईले अर्धशतकीय पारी खेलिन्। त्यस्तै अफिसारा सुवान्चोन राथीले २८ रन बनाइन्।

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङ र क्यारोलिन डे लैङ्गले १–१ विकेट लिइन्।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले अर्धशतकीय पारी खेलिन्। उनले ५० बलमा ८ चौका प्रहार गर्दै ५२ रनको योगदान गरिन्।

आइरिस ज्विलिङले २८ रन बनाइन्। थाइल्याण्डका लागि थिपाचा पुथावोंगले २ तथा ओनिचा कामचोम्फुले १ विकेट लिइन्।

भोली शनिबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको