काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार दोस्रो क्वालिफायरमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा खेल २:४५ बजे हुनेछ। यो खेलको विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ।
यसअघि आर्मी र पुलिसबीच तीन पटक भेट भइसकेको छ, जहाँ दुई खेल बराबरीमा रोकिएको थियो भने एक खेलमा आर्मीले पुलिसलाई हराएको थियो।
एपीएफसँग पराजित भएपछि आर्मीले दोस्रो क्वालिफायर खेल्न लागेको हो। पुलिस भने बागमतीलाई हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो।
यसअघि विभागीय टोली एपीएफ क्लबले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।



