ई.अमृत ज्ञवाली ।

भक्तपुरबाट भर्खरै फर्किएको छु। हरेक भेटहरु महत्वपूर्ण लाग्दछ । निराशाहरु चिर्न राम्रो काम गर्न उत्साह बोकेका राजनीतिकर्मीहरु भेटे पछि उर्जा यसै थपिन्छ ।

संस्थाहरु निर्माणको क्रममा कोहि न कोहिले अधिकतम प्रयत्न गरेकै हुन्छ्न । ईतिहास त्यै प्रयत्नको शिलालेख हो । बनेका संस्थाहरु बलियो र चिरस्थाइ राखीराख्ने कर्तब्य राज्यको पनि हो ।

राज्यका निर्णयले दिएका परिणामहरु बारे पुनर्बिचार गर्नु पर्ने छ । न्यायालय र न्यायमुर्तीहरुको तटस्थता र स्वतन्त्र न्यायपालिका प्रतिको बिश्वास कायम राख्दै यदा कदा न्यायालयले कार्यकारिणी निर्णय माथीको आदेशहरुको बारेमा पनि समीक्षा हुन अत्याबश्यक भै सकेको छ ( यो बारेमा श्रीमान हरुको लेख , अभिव्यक्ति तथा पुस्तकमा सन्दर्भहरु छन )।

यसै पनि आज बजार तातेको छ अरे ओ बङलादेश -१ ले , बहस हुनु अन्यथा होइन तर प्रयोगशालाको शृङ्खला निर्माणको पैरवी पनि आजको आबश्यकता होइन ।

संस्था हरु -बलिया । नेतृत्व -उत्तरदायी । समाज- कल्याणकारी । राज्यको चरित्र – लोकतान्त्रिक । रुल अफ- ल । फ्री , फेयर र पेरिओडिक – इलेक्सन । चाहिएको एस्तै एस्तै होला । आजको आबश्यकता रिफर्म हो , बङलादेश होइन ।

( नयाँ पत्रिकाका प्रकाशक, प्रधानसम्पादक कृष्ण ज्वाला देवकाेटाले आज आफ्नै पत्रिकामा लेखेकाे लेखमाथि कांग्रेस युवा नेता अमृत ज्ञवालीकाे टिप्पणी )

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको