काठमाडौं : नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) र नेपाल विद्युत प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । शुक्रबार नेइएका अध्यक्ष सुवासचन्द्र बराल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहमझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

इन्जिनियर तथा आर्किटेक्टहरूका लागि विविध तालिम कार्यक्रमहरूको डिजाइन, विकास, र सञ्चालन सहकार्यका लागि नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल विद्युत प्राधिकरणबीच समझदारीपत्र सम्पन्न भएको हाे ।

नेपाली इन्जिनियरहरूलाई प्रतिस्पर्धात्मक बनाउन नेपाल इन्जिनियर्स एशोसिएसनको प्रस्तावलाई स्वीकृत गरि समझदारी गरेकाेमा एसाेसियसनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इ‍. कुलमान घिसिङलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै छिट्टै पहिलो तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको