सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ।

वडा कार्यालयले वडाभित्रका तीन सय १५ जना एकल महिला, विधवा, दलित महिला, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि लक्षित गरि सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिशरण ठाकुरले जनाएका छन्।

तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष  ठाकुरले जानकारी दिए । वडा अध्यक्ष ठाकुर वडा सचीव र वडा सदस्यहरुले र संयुक्तरुपमा फाइबर सिरक हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको