काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला १ लाख  ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज बिहिबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर