काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा बुधबार दुई जितविहीन टोली भिड्दै छन्।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार हुने धनगढी ब्यान्डिस र पोखरा लेकर्सबीचको खेल साझाँ ६:३० बजेबाट सुरु हुनेछ।

जारी प्रतियोगितामा पोखरा यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको थियो भने धनगढीले पनि दुवै खेलमा पराजय ब्यहोर्यो।

पोखरा काठमाडौँसँग पहिलो खेलमा ४२–४१, दोस्रो खेलमा हिमालयन रेडर्ससँग ३०–३४ ले पराजित भएको थियो। यस्तै, धनगढी पहिलो खेलमा विराटनगर ब्यान्डिससँग ३४–४६ तथा दोस्रो खेलमा जनकपुर नाइट्ससँग ३१–३७ को स्कोरमा पराजित भएको थियो।

दुई खेलबाट दुई अंक जोेडेको पोखरा पाँचौँ तथा धनगढी पूछारमा छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको