काठमाडौँ । पहिलो संस्करणको केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा आज (आइतबर) दुई खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने दिनको पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र काठमाडौं माभेरिक्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।
जारी प्रतियागितामा दुबै टोली दोस्रो जितको खोजिमा छ। काठमाडौँले पहिलो खेलमा पोखरा लेकर्सलाई हराउँदै विजयी सुरुआत गरेको थियो भने, बिराटनगरले हिमालयनलाई हराउँदै विजयी सुरुआत गरेको थियो।
यस्तै दोस्रो खेल पोखरा लेकर्स र हिमालयन रेडर्सबीच हुनेछ। यो खेल साँझ ६:३० बजेबाट सुरु हुनेछ। नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज कबड्डी लिगमा कुल ६ टोलीको सहभागिता छ।
यी दुवै टाेली पहिलाे जितकाे खाेजिमा छन्।



