लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले बिहीबार यूकेस्थित नेपाली बुद्धिजीवी युवा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेको यूके अध्यक्ष संजय कंडेल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेको यूके ग्लोबल उपाध्यक्ष मनीष श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य यूकेमा रहेका नेपाली समुदायको युवा विद्यार्थी सशक्तिकरण, कला–संस्कृतिको प्रबर्द्धन, र समाजमा सिर्जनात्मक योगदान पुर्‍याउने विषयमा विचार विमर्श गरीएको थियो।

युवा विद्यार्थीहरूले आफ्नो अनुभव, चुनौती, र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रम लेकडेलस्थित गोरखा क्लबमा भयको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको