
काठमाडाैँ । लिभिङ वर्डको ब्वाइज÷गल्र्स दुवै टोली ११औं इसान कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
ब्वाइजमा लिभिङ वर्डले कान्तिपुर एकेडेमीलाई २–१ गोलले पराजित ग¥यो। सोही स्पर्धामा नेपालय पब्लिक ‘बी’ ले सत्यसाइ एकेडेमीलाई २–० तथा होली एन्जल्सले प्रज्ञा सदनलाई टाइब्रेकरमा ३–२ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। माउन्ट एभरेष्टले बालवाटिकाबाट वाक ओभर पाउदै सेमिफाइनलमा पुग्यो। सेमिफाइनलमा होली एन्जल्सको भेट नेपालय ‘बी’ संग हुनेछ भने माउन्ट एभरेष्टले लिभिङ वर्डको सामना गर्ने छ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको गल्र्समा लिभिङ वर्डले कान्तिपुरलाई १०–१ को भारी गोलअन्तरले सहजै पाखा लगायो। सुनौलो भविष्यले सत्यसाइलाई २–१ तथा अल्माइटी मोडल स्कुलले होली एन्जल्सलाई टाइब्रेकरमा २–१ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे। सेमिफाइनल लिभिङ वर्ड र नेपालय तथा सुनौलो भविष्य र अल्माइटीबीच हुनेछ।