
काठमाडाैं : रवि लामिछानेले गाेर्खा मिडियामा स्वेट शेयर पएकाे भन्दै गर्ने गरेकाे दाबी झुटाे सावित भएकाे छ । जिल्ला अदालत काठमाडौंले लामिछानेकाे दाबी गलत रहेकाे ठहर गरेकाे छ । बुधबार लामिछानेलाई ६० लाख धराैटीमा छाड्न दिएकाे आदेशमा उनले शेयर खरिद गरेकाे उल्लेख छ ।
`गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन,´
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई कसुरदार होइनन् भन्न नसकिने भन्दै ६० लाख धरौटी माग गर्ने आदेश गरेको हो।
अदालतले प्रमाण सहित रबिका मुख्य दाबीलाई गलत साबित गर्दै जारी गरेको आदेशमा के-के छ ?
– स्वेट शेयर होइन, खरिद गरेको शेयर हो, शेयर खरिद गर्न पाउँ भनेर आफैँ सही गरेर निवेदन दिएको प्रमाण छ।
-सहकारीकै रकमले गाडी किनेर सहकारीको रकम अपचलन गरेको प्रमाण छ।
– मिलाएर रकम ठगी र अपचलन गर्न गोर्खा मिडियाको शेयर होल्डर र लामिछाने प्रबन्ध निर्देशक भएको प्रमाण भएकोले जिम्मेवार देखियो ।
– गोर्खा मिडियाको सेयर होल्डर हुनुअघि नै ग्लोबल आइएमई बैंकको खातामा हस्ताक्षर चल्ने व्यवस्था रहेको प्रमाणबाट र लामिछाने प्रबन्ध निर्देशक भएको बेलामा नै स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा पैसा गएको प्रमाण पाइएकोले जि बि लाई मात्र दोष देखाउन नमिल्ने भएकोले रवि निर्दोष हुन् भन्न सकिएन ।
– कर्मचारीको तलबका लागि मात्र चेक काटेको होइन सहकारीको पैसाबाट गाडी किनेको पैसा तिर्न पनि चेक काटेको कारणले मलाई थाहा थिएन जि विलाई मात्र थाहा थियो भनेको गलत हो भन्ने प्रमाण छ